site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
भूकम्पपीडित भन्छन्– भाग्यले बाँचे
SkywellSkywell

बाँके । जाजरकोटको भेरी नगरपालिका–३, खलंगाका ४८ वर्षीय विमलकुमार कार्की भूकम्पमा परी घाइते भएका छन् । उनी शुक्रबार रातिको भूकम्पका कारण घर भत्किएपछि च्यापिएका थिए । उद्धारपछि कार्कीले भने, “भाग्यले बाँचे ।”

दुईतले कच्ची घरमा राति एक्लै सुतिरहेका बेला एक्कासि भूकम्प गएको र ब्युँझिएर अत्तालिएर बाहिर निस्कन खोज्दा घर गर्ल्याम्म ढल्दा माटोले च्यापिएर घाइते भएको उनले सुनाए ।

घाइते कार्कीले भने, “एक्कासि भूकम्प आएको थाहा पाएर झ्यालबाट बाहिर निस्कन खोज्दा झ्यालसँगै तल खसेँ र माटोले मेरो दुईवटै खुट्टा च्यापियो । रातिको समय थियो, एकछिन होसहवास गुम्यो, पछि होस आउँदा म बेस्सरी कराएँ । आधा घण्टापछि भतिज मन्दीप कार्की आयो । राति साढे १ बजे अस्पताल पुगेँ ।”

Dabur Nepal
NIC Asia

काका एक्कासि चिच्याएको आवाज सुनेर आफू दौडेर पुगेको घाइते कार्कीका भतिज मन्दीपले बताए । उनले भने, “म पुगेपछि वरिपरिका मानिसलाई बोलाएर स्टेचरमा बोकेर जाजरकोट अस्पताल पुर्‍याऔँ र त्यहाँ पनि घटनाका घाइतेको ठूलो भीडभाड रहेछ । डाक्टरले उहाँलाई राति साढे ३ बजे नेपालगन्ज सिफारिस गर्नुभयो ।”

मन्दीपले काका विमलकुमारलाई शनिबार बिहान साढे ७ बजे एम्बुलेन्समा राखेर भेरी अस्पतालमा ल्याइपुर्‍याएका हुन् । अस्पतालका चिकित्सकले परीक्षण गर्दा विमलकुमारको दाहिने खुट्टाको दुई भाग भाँचिएको अस्पतालले जनाएको छ ।

विमलकुमारको उक्त घर २२ वर्ष पुरानो हो । विमलकुमारको घरनजिकै ससुरालीमा रहेकाले श्रीमती र तीन छोरी बाँचेको उनले बताए । शुक्रबार राति घरमा उनी एक्लै थिए ।

भगवान्ले आफ्नो परिवारलाई जोगाएको घाइते विमलकुमारकी श्रीमती चन्द्रसिंहले बताइन् । उनले भूकम्प गएपछि छोरीलाई उठाएर बाहिर भागेर ज्यान बचाएको सुनाइन् । उनले आफू बसेको घर भूकम्पले सामान्य भत्किएको र चिरा परेको बताइन् ।

उनले भनिन्, “यस्तो ठूलो विपद्ले हामी त सदरमुकामकालाई यस्तो भयो, भूकम्पको केन्द्रविन्दु भएको क्षेत्रका मानिसको अवस्था के होला ?”

जाजरकोट केन्द्रविन्दु भएर शुक्रबार राति गएको भूकम्पमा परी गम्भीर घाइते भएकालाई थप उपचारका निम्ति नेपालगन्ज ल्याउने क्रम जारी छ । हालसम्म ३२ घाइतेलाई ल्याइएको भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पवनजंग रायमाझीले बताए ।

उनका अनुसार ३२ घाइतेमध्ये दुईजनाको अवस्था जटिल छ । अस्पतालका सम्पूर्ण चिकित्सकसहितका कर्मचारीलाई उपचारकार्यमा खटाइएको भन्दै उनले घाइते सबैको निःशुल्क उपचार भइरहेको बताए । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  २२:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu