देश
काठमाडौं । कोसी प्रदेश सरकारले जाजरकोट भूकम्पपीडितको राहत र उद्धारकार्यमा सहयोग गर्ने निर्णय गरेको छ ।
शनिबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकबाट एक करोड रुपैयाँ विपद् कोषमा सहयोग गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता शमशेर राईले जानकारी दिए ।
यस्तै, भूकम्पीडितका निम्ति एक गाडी त्रिपाल, कम्बल, मेट्रेसलगायत सामग्री सहयोग गर्ने निर्णय गरिएको उनले बताए ।
शुक्रबार राति ११ बजेर ४७ मिनेटमा कर्णाली प्रदेशको जाजरकोट केन्द्रविन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा ठूलो जनधनको क्षति भएको छ ।
प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८० १८:२७
प्रतिक्रिया दिनुहोस्