site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
जाजरकोट भूकम्प अपडेट : मृत्यु हुनेको संख्या १५७ पुग्यो, १७० घाइते
SkywellSkywell

काठमाडौं । जाजरकोटमा शुक्रबार राति गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १५७ पुगेको छ । भूकम्पमा परी १७० जना घाइते भएका नेपाल प्रहरीले जनाएको छ ।

शनिबार बेलुका ५ बजेसम्मको अपडेटअनुसार भूकम्पका कारण भौतिक संरचना भत्कँदा जाजरकोटमा १०५ जनाको मृत्यु भएको छ । ८१ जना घाइते छन् ।

Dabur Nepal
NIC Asia

यस्तै, रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ । ७८ जना घाइते भएका प्रहरीले जनाएको छ ।

दैलेख, जुम्ला र प्युठानमा तीन/तीन र बैतडीमा दुईजना घाइते भएका प्रहरीले जानकारी गराएको छ ।

शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा आसपास केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । त्यसपछि थुप्रै परकम्प मापन गरिएको छ ।

qfmgs-1699100261.jpg

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  १८:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu