काठमाडौं । कोसी प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । शनिबार बिहान मुख्यमन्त्री केदार कार्कीसमक्ष एमालेबाट मन्त्री बनेका राम रानाले राजीनामा बुझाएका हुन् ।
कोसी प्रदेश सरकारका प्रवक्ता शमशेर राईले एमाले सरकारबाट बाहिरिएको पुष्टि गरे । “यहाँको सरकारबाट एमाले बाहिरिएको छ । मन्त्री राम रानाले राजीनामा बुझाउनुभयो,” उनले भने ।
शुक्रबार मात्र कोसी प्रदेशमा केदार कार्कीको नेतृत्वमा रहेको सरकारमा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी सहभागी भएका छन् । नेकपा माओवादीले गणेश उप्रेती र नेकपा एसका कमलप्रसाद जवेगूलाई सरकारमा सहभागी गराइएको हो । सोही कारण एमाले सरकराबाट बाहिरिएको स्रोतको भनाइ छ ।
प्रवक्ता राईका अनुसार कर्णालीमा राहतलगायत अन्य विभिन्न विषयमा छलफल गर्न दिउँसो १ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाइएको छ ।