देश
काठमाडौं । नवलपरासी पश्चिमको रामग्राम नगरपलिका–७, उजैनीबाट स्रोत नखुलेको नगदसहित एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पाल्हीनन्दन गाउँपालिका–२, हरपुर बस्ने २५ वर्षीय इमरान खान रहेका छन् । उनलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट १६ लाख ५० हजार रुपैयाँ बरामद गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमबाट खटिएको प्रहरीले लु.९० प ७८८५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त रकम फेला पारेको जनाइएको छ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०८० १६:५६
प्रतिक्रिया दिनुहोस्