site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
न्याय माग्दा डर, त्रास र धम्की आए : भारती मानन्धर
Tiktok banner adTiktok banner ad

काठमाडौं । योगराज भनिने रिगल ढकालको कैद मिनाहा गर्ने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि आफूलाई थप साहस थपिएको भारती मानन्धरले बताएकी छन् । 

नेपालगन्जका चेतन मानन्धरको हत्यामा दोषी ठहर भएका रिगलले संविधान दिवसको अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट कैद मिनाहा पाएका थिए । रिगलको आममाफी सर्वोच्च अदालतले बिहीबार बदर गरिदिएको थियो ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी चेतनका श्रीमती भारतीले आफूलाई डर त्रास, धम्की र पैसाका बार्गेनिङहरू आएपनि अन्ततः न्याय पाएको बताइन् । 

उनले आफ्नो टिमले कुनैपनि लोभ लालचमा नरहेर सहयोग गरेकाले न्याय मिलेको बताइन् । अन्यायमा परेका महिलालाई आफ्नो यस कामबाट प्रेरणा मिल्ने आशा गरेको बताइन् ।

उनले भनिन्, "बीचमा धेरै बाधाहरू आए, धेरै डर त्रास, धम्की र पैसाका बार्गेनिङ आए । तर मेरो टिमले मेरो साथ छोडेन । होइन भने मेरो कुनै भिडियो बनाएर दिए पैसाको बिटो दिन्छौँ भनेका थिए । म पछि हटे म जस्ता पीडित महिला धेरै छन्, म पछि हट्नु हुँदैन भनेर अघि बढेँ ।"
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०८०  १५:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro