site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
विश्वकपमा छनोट हुन जित्नै पर्ने दबाबमा नेपाल
Sarbottam CementSarbottam Cement

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा युनाइटेड अरब इमिरेट्स (यूएई) सँग खेल्न मैदान उत्रिँदा नेपाल जितसहित विश्वकपमा छनोट हुने लक्ष्यमा हुनेछ ।

नेपालले यसअघि पहिलो र अन्तिम पटक सन् २०१४ मा भएको ट्वान्टी–२० विश्वकप खेलेको थियो । त्यसयता विश्वकपका तीन संस्कण सम्पन्न भए पनि नेपालले छनोट चरण पार गर्न सकेको थिएन ।

यसअघि गत संस्करणका लागि भएको छनोटमा यूएई नै बाधक बनेपछि नेपालको सम्भावना समाप्त भएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

सन् २०२२ को फेब्रुअरीमा ओमानमा भएको आईसीसी ट्वान्टी–२० विश्वकप क्वालिफायर ‘ए’ फाइनल पुग्ने दुई टिमले विश्वकप खेल्ने प्रावधान थियो ।

नेपाल समूह ‘बी’ को सबै खेल जित्दै विजेताको रूपमा सेमिफाइनल आएको थियो । यूएई भने समूह ‘ए’ को उपविजेता बन्दै अन्तिम चारमा आएको थियो । र, नेपाललाई ६८ रनले हराउँदै विश्वकपमा स्थान बनाएको थियो ।

Global Ime bank

त्यसबेला यूएईले दिएको १७६ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल १८.४ ओभरमा १०७ रनमै अलआउट भएको थियो ।

एकपटक फेरि यही दुई टिम विश्वकप छनोटको निर्णायक खेलमा शुक्रबार भिड्दै छन् । प्रावधान २०२२ को जस्तै छ । फाइनल पुग्ने दुई टिमले विश्वकप खेल्नेछन् ।

यसपटक समूह चरणको नतिजा भने फरक छ । अहिले यूएई समूह ‘बी’ को विजेता र नेपाल समूह ‘ए’ को उपविजेताको रूपमा सेमिफाइनल आएका हुन् ।

शुक्रबार मूलपानीस्थित माथिल्लो मूलपानी क्रिकेट मैदानमा हुने खेलमा जित निकाले नेपाल १० वर्षपछि गत वर्षको त्यो नमिठो हारको बदलासहित विश्वकपको मञ्चमा उक्लिनेछ । खेल बिहान ११ बजेदेखि सुरु हुनेछ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०८०  ०६:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement