-1698934394.jpg)
धादिङ । धादिङका महत्त्वपूर्ण पर्यटकीय गन्तव्यमा अर्को नाम थपिएको छ, ब्रोम्दिङ । बेनिघाट रोराङ गाउँपालिका–१ मा पर्ने ब्रोम्दिङ प्राकृतिक सुन्दरताले भरिपूर्ण छ ।
ब्रोम्दिङ काठमाडौंबाट ९० किलोमिटरको दुरीमा छ । गजुरीबाट दुई घण्टाको उकालो चढ्दै ब्रोम्दिङसम्म पुग्न सकिन्छ । जाँदैगर्दा बाटोमा निकै सुन्दर दृश्य देखिन्छन् । बिहान गएर साँझको सूर्यास्तको अलौकिक दृश्य, हेटौँडादेखि विराटनगरसम्म पश्चिममा नारायणघाटको रात्रिकालीन सुन्दर दृश्यका साथै ग्यालेक्सी भ्यू हेर्न सकिन्छ । बिहानपख सूर्योदयको दृश्यका साथै नेपालका उच्च हिमशृङ्खलाको मनमोहक दृश्यपान गर्न सकिन्छ ।
ब्रोम्दिङका जरुङ, थमभञ्ज्याङको सुन्दरता पनि नजिकैबाट हेर्न सकिन्छ ।
ब्रोम्दिङलाई पर्यटकीय गन्तव्यका रूपमा चिनाउन 'ब्रोम्दिङ पर्यटन महोत्सव'को आयोजना गरिएको छ । बेनिघाट रोराङ गाउँपालिका र एनटीपी मल्टिमिडिया ग्रुपको आयोजना, हिमाल मल्टिमिडियाको सहआयोजना, एक्सपल्स राइडर्स क्लबसँगको सहकार्यमा महोत्सवको आयोजना गरिएको हो । प्रबर्द्वकका रूपमा नेपाल पर्यटन बोर्ड थियो ।
महोत्सवमा वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेल, बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष विवेक थपलियासहित कलाकार, पत्रकार तथा आन्तरिक पर्यटकहरूको उपस्थिति थियो ।
ब्रोम्दिङसहित यस क्षेत्रलाई पर्यटकमाझ पुर्याउन महोत्सव कोसेढुङ्गा सावित हुने आयोजक अपेक्षा छ ।
हेरौँ ब्रोम्दिङ वरिपरिका सुन्दर तस्बिरहरू :