site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इजरायल–हमास द्वन्द्व : गाजामा नौ हजारभन्दा बढीको मृत्यु
फाइल तस्बिर।

गाजा । इजरायल र हमासबीच जारी द्वन्द्व सुरु भएयता गाजामा इजरायली आक्रमणमा परी ज्यान गुमाउने प्यालेस्टाइनीको सङ्ख्या नौ हजार नाघेको गाजास्थित स्वास्थ्य मन्त्रालयले बिहीबार जनाएको छ ।

मन्त्रालयका प्रवक्ता अशरफ अल–कद्राले पत्रकार सम्मेलनमा तीन हजार ७६० बालबालिका र दुई हजार ३२६ महिलासहित मृत्यु हुनेको सङ्ख्या नौ हजार ६१ पुगेको र घाइतेको संख्या ३२ हजार नाघेको जानकारी दिए ।

इजरायली सेनाले पछिल्लो २४ घण्टामा १५ वटा आक्रमण गर्दा २५६ जनाको मृत्यु हुनुका साथै सयौं घाइते भएको उनले बताए ।

गाजाको सरकारी सञ्चार कार्यालयले इजरायलले आफ्नो आक्रमणको सुरुआतदेखि गाजापट्टीमा १० भन्दा बढी बम खसालेको र इजरायलले प्रयोग गर्ने विस्फोटक पदार्थको मात्रा दुई हजार ५०० टनभन्दा बढी वा प्रतिवर्गकिलोमिटर लगभग ७० टन पुगेको अनुमान गरेको छ ।

अक्टोबर ७ मा हमासले इजरायलमाथि एक्कासी आक्रमण गरी हजारौँ रकेट प्रहार गरेको थियो र इजरायली भूमिमा घुसपैठ गरेको थियो । इजरायलमा जसकारण कम्तिमा एक हजार ४०० व्यक्तिको मृत्यु भएको थियो ।

यसको जवाफमा इजरायली सेनाले गाजापट्टीविरुद्ध हवाई आक्रमण र स्थलगत कारबाही सुरु गरेको थियो । उसले प्यालेस्टिनी इलाकामा नाकाबन्दी लगाएको थियो । रासस/एएफपी

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०  १९:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro