site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
ओमानसँग पराजित नेपाल समूह उपविजेता 
Sarbottam CementSarbottam Cement

काठमाडौं । रोमाञ्चक खेलमा ओमानसँग पाँच रनले पराजित भएपछि नेपाल आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटमा समूह ‘ए’को उपविजेता बनेको छ ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा ओमानले प्रस्तुत गरेको १४६ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १४० रन मात्र जोड्न सक्यो ।

नेपाललाई जितका निम्ति अन्तिम ओभरमा २७ रन आवश्यक थियो । अन्तिम ओभर बलिङमा ओमानका बिलाल खान आएका थिए । बिलालले गरेको पहिलो बलमा क्रिजमा रहेका विवेक यादवले छक्का प्रहार गरे । त्यसपछिको बल वाइड हुँदा विवेकले दोस्रो बलमा पनि छक्का नै प्रहार गरे । तेस्रो बलमा पनि विकेटले छक्का प्रहार गरे । तर, चौथो बलमा विवेक क्याच आउट भएपछि नेपाल पुनः दबाबमा आएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

पाँचौँ बलमा अभिनाश बोहराले एक रन लिँदै करण केसीलाई ‘स्ट्राइक’ दिएका थिए । अन्तिम बलमा करणले छक्काकै निम्ति प्रहार गरे पनि ‘डाउन दी ग्राउन्ड’ कलिमुल्लाहबाट क्याच भएपछि नेपाल पाँच रनले पराजित भयो ।

विवेकले २४ बलमा पाँच छक्कासहित ३९ रन बनाए पनि टिमको हार टार्न सकेनन् । कुशल भुर्तेलले १८ बलमा एक चौका र तीन छक्कासहित २६ रन जोडे । सोमपाल कामी, कप्तान रोहितकुमार पौडेल र सन्दीप जोराले समान १२ रन थपे । कुशल मल्ल १० रनमा आउट भए ।

Global Ime bank

ओमानका बिलाल खानले तीन विकेट लिए । साकिल अहमेद, मेहरन खान र अकिब इल्यासले समान दुई विकेट लिए । जिसान मक्सुदले एक विकेट हात पारे ।

त्यसअघि, टस हारेर ब्याटिङमा उत्रिएको ओमानले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १४५ रन बनाएको थियो ।

ओमानका कप्तान जिसान मक्सुदले ३२ रन बनाए । नसिम खुशीले २५, प्रतिक अथावालेले २४, अयान खानले १८ र साकिल अहमेदले २२ रन थपे । 

नेपालका करण केसीले तीन विकेट लिए । सन्दीप लामिछाने र सोमपाल कामीले समान दुई विकेट लिए । अभिनाश बोहरा र गुल्सन झाले एक/एक विकेट झारे ।

नेपालले प्रतियोगिताको पहिलो खेलमा सिंगापुरविरुद्ध आठ र दोस्रो खेलमा मलेसियाविरुद्ध ६ विकेटको जित निकालेको थियो । ओमानले भने पहिलो खेलमा मलेसियालाई ३२ र दोस्रो खेलमा सिंगापुरलाई २२ रनले हराएको थियो ।

समूह ‘ए’को उपविजेता बनेको नेपालले अब फाइनल प्रवेशका निम्ति समूह ‘ए’को विजेता युनाइटेड अरब इमिरेट्स (यूएई)सँग खेल्नेछ । समूहमा नेपालले तीन खेलबाट चार अंक जोड्यो । नेपालसँगको जितसँगै शीर्ष स्थानमा उक्लिएको ओमानले तीन खेलबाट ६ अंक बनायो । ओमानले अब समूह ‘बी’को उपविजेतासँग खेल्नेछ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०  १२:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय