site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गाजाका लागि सहायता सामग्री बोकेका ट्रक रोकिए 
फाइल तस्बिर
SkywellSkywell

काठमाडौं । तीन हप्तादेखि इन्धन, खाना, पानी र चिकित्सा आपूर्तिबाट वञ्चित भएका २३ लाख प्यालेस्टाइनीहरूका लागि सहायता सामग्री पठाइएका ट्रक इजिप्टमा रोकिएका छन् ।

गाजापट्टीमा प्रवेश गर्न राहत सहायता बोकेका सयौं ट्रकहरू इजिप्टको राफा क्रसिङमा रोकिएका हुन् । गाजा प्रवेश गर्ने सामग्रीसहितका ट्रकको संख्या बढे पनि ती ट्रकहरु गाजा प्रवेशका लागि अनुमति कुरिरहेको बताइएको छ ।

KFC Island Ad
NIC Asia

दैनिक आवश्यक पर्ने सय ट्रक सामानको मात्रा अझै कम रहेको बताइएको छ । इजरायल—हमास द्वन्द्व सुरु भएको दुई हप्तापछि अक्टोबर २१ मा रफाह हुँदै मानवीय सहायता बोकेका करिब २५० ट्रक प्यालेस्टिनी क्षेत्रमा प्रवेश गरेका छन् ।

अल्जेरिया, कुवेत, इराक, टर्की, संयुक्त अरब इमिरेट्स, बहराइन, ट्युनिसिया, फ्रान्स, डेनमार्क, इटाली, बेल्जियम, भेनेजुएलालगायत संयुक्त राष्ट्रसंघका एजेन्सीहरूलगायत धेरै देशले राहत सामग्री बोकेका विमानहरू पठाइसकेका छन् । जारी इजरायल—हमास द्वन्द्वमा दुवै पक्षका आधिकारिक तथ्यांकअनुसार ८ हजार ५२५ प्यालेस्टाइनी र १, हजार ४ सय इजरायली मारिएका छन् । इजरायली रक्षा बलका अनुसार हमासले गरेको आक्रमणमा जम्मा २३९ जनालाई बन्धक बनाएको थियो ।

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०  ०९:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro