site stats
बाह्रखरी :: Baahrakhari
विदेश
गाजामा मृतकको संख्या आठहजार ८०० पुग्यो, मारिनेमा अधिकांश बालबालिका र महिला

काठमाडौं । इजरायली आक्रमणमा परेर गाजामा ज्यान गुमाउनेको संख्या आठहजार ७९७ पुगेको छ । अक्टोबर ७ यता इजरायलले गाजामा लगातार आक्रमण गरिरहेको छ । जसमध्ये तीनहजार ६४८ जना बालबालिका र दुईहजार २९० महिला रहेको प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले जनाएको छ 

इजरायली आक्रमणका कारण गाजाको अवस्था निरन्तर बिग्रिँदै गएको छ । उसले आक्रमणलाई थप सशक्त बनाइरहेको छ ।

Argakhachi Cement Island Ad

इजरायलले गएको मंगलबारयता गाजा आक्रमणका क्रममा आफ्ना १५ सैनिकको ज्यान गएको बताएको छ ।

यसैबीच अक्टोबर ७ को आक्रमणपछि पहिलोपटक गाजातर्फको इजिप्टको सीमा नाका खोलिएको छ । पहिलो चरणमा कम्तीमा ३२० विदेशी पासपोर्ट होल्डर र घाइते भएका प्यालेस्टाइनी नागरिक इजिप्ट प्रवेश गरेको बीबीसीले जनाएको छ ।

गाजामा फोन र इन्टरनेट सेवा पूर्णरूपमा बन्द गरिएको छ ।

एजेन्सीको सहयोगमा ।

प्रकाशित मिति: बुधबार, कात्तिक १५, २०८०  २२:२१
प्रतिक्रिया दिनुहोस्