देश
काठमाडौं । प्रहरीले डिल्लीराम खनाललाई पक्राउ गरेको छ । विभिन्न युटुब च्यानलमार्फत नेपाली सेनाविरुद्ध भ्रम सृजना हुने खालको टिप्पणी दिएको आरोपमा उनी पक्राउ परेका हुन् ।
प्रहरीको साइबर ब्युरोको टोलीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका खनालमाथि विद्युतीय कारोबार ऐन २०६३ अनुसार अनुसन्धान भइरहेको ब्युरोका एसपी पशुपतिकुमार रायले बताए ।
खनालमाथि अनुसन्धान गर्न ब्युरोले सात दिनको अनुमति अदालतबाट पाएको छ । नेपाली सेनाको पत्रचारपछि उनी पक्राउ परेका हुन् ।
प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८० १७:३९
प्रतिक्रिया दिनुहोस्