site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
म्युचुअल फन्ड बाहिरिन खोज्दा सोनापुर मिनरल्सको सेयर मूल्य तेस्रो दिन पनि १० प्रतिशतले घट्यो

काठमाडौं । धितोपत्र दोस्रो बजारमा गत आइतबारदेखि कारोबारमा आएको सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको सेयर मूल्य तेस्रो दिन (आज) पनि १० प्रतिशतले घटेर करोबार भएको छ ।

आइतबार र सोमबार नै १० प्रतिशतले मूल्य घटेर कारोबार भएको यो कम्पनीको मूल्य घट्नुमा म्युचुअल फन्डहरू प्रमुख कारण बनेका छन् । म्युचुअल फन्डले आफूले आरक्षणमा पाएको सेयर पहिलो दिनदेखि नै बेचेर बाहिरिन खोज्दा सोनापुरको सेयर मूल्य लगातार तेस्रो दिन पनि १० प्रतिशतले घटेको हो ।

Dabur Nepal
NIC Asia

म्युचुअल फन्डहरूले आज पनि अधिकतम एक हजार कित्तासम्म सेयर प्रतिकित्ता २५५ रुपैयाँ २० पैसामा बिक्री गर्न राखेका छन् । म्युचुअल फन्डहरूले यो कम्पनीको ६ लाख आठ हजार २८४ कित्ता सेयर प्रतिकित्ता २२५ रुपैयाँमा आरक्षण पाएका थिए ।

तर, कम्पनीको पहिलो सेयर कारोबारका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले प्रतिकित्ता १४२.०१ देखि ४२६ रुपैयाँ ०३ पैसासम्म मूल्य रेन्ज दिएको थियो । सोहीअनुसार कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ३१५ रुपैयाँमा खुलेको थियो ।

कम्पनीले सर्वसाधारणलाई भने प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसामा आईपीओ निष्कासन गरेको थियो । आज पनि मूल्य घटेर आईपीओकै मूल्यमा झर्न लागेको छ । आज यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता २५५ रुपैयाँ २० पैसा कायम भएको छ ।

सोनापुरले सर्वसाधारण, आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपालीलाई गरी कुल एक करोड २३ लाख २०० कित्ता सेयर निष्कासन गरेको थियो । उक्त सेयर नेप्सेमा कात्तिक २ गते सूचीकृत भएको हो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  १४:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro