site stats
बाह्रखरी :: Baahrakhari
विदेश
भारतले प्याज निर्यातमा तोक्यो न्यूनतम मूल्य
फाइल तस्बिर ।

काठमाडौं । भारत सरकारले प्याजमा प्रतिटन ८०० अमेरिकी डलरको न्यूनतम निर्यात मूल्य तोकेको छ । स्वदेशी बजारमा प्याजको उपलब्धता कायम राख्न यो कदम चालिएको हो ।

यो नियम गएको आइतबारदेखि आउँदो डिसेम्बर ३१ सम्म लागु हुने संघीय उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्रालयले जनाएको छ ।

भारतमा विगत दुई हप्तामा प्याजको मूल्य ५० प्रतिशतभन्दा बढीले बढेको जनाइएको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  १०:०९
प्रतिक्रिया दिनुहोस्