site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
संसद्‌मा प्रस्तुत भयो भन्सार विधेयक

काठमाडौं । भन्सार विधेयक, २०८० संसद्‌मा प्रस्तुत भएको छ । 

आइतबारको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतको तर्फबाट कानुनमन्त्री धनराज गुरुङले सो विधेयक प्रस्तुत गरेका हुन् ।

विधेयक प्रस्तुत गर्नुअघि सांसद प्रेम सुवालले विधेयकमाथि विरोधको सूचना प्रस्तुत गरेका थिए । उक्त विरोध बहुमतले अस्वीकृत भएको थियो । 

विरोधको सूचना अस्वीकृत भएपछि विधेयक संसद्‌मा प्रस्तुत भएको हो ।

प्रकाशित मिति: आइतबार, कात्तिक १२, २०८०  १४:१९
प्रतिक्रिया दिनुहोस्