site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सबै राजनीतिक दलको ‘दुस्मन’ साझा छ : रवि लामिछाने
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूहरूको प्रतिस्पर्धा कुनै राजनीतिक दलसँग नभएको बताएका छन् । सबै राजनीतिक दलले गरिबी, बेरोजगारी र भ्रष्टाचारविरुद्ध लड्नुपर्ने उनले स्पष्ट पारे ।

शनिबार कोजाग्रत पूर्णिमाका अवसरमा नेपाली कांग्रेसद्वारा पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित चियापान कार्यक्रममा उनले सबै राजनीतिक दलले लड्नुपर्ने विषय नै साझा रहेको बताए ।

“हाम्रो प्रतिस्पर्धा कुनै राजनीतिक दलसँग होइन, वास्तवमा सबै राजनीतिक दलको प्रतिस्पर्धा अथवा दुस्मनी भनौँ अथवा लड्नुपर्ने साझा दुस्मन भनेको यो देशको गरिबी, यो देशको बेरोजगारी, यो देशको भ्रष्टाचार हो,” उनले भने, “त्यसकारणले हामीले त्यसरी प्रतिस्पर्धा सोचेका छैनौँ ।”

राजनीतिक दलबीच निर्वाचनका दिनबाहेक अरू समयमा आपसी लडाइँ नहुने उनको भनाइ छ ।

“चुनावका हिसाबले लड्नुपर्ने दिनको कुरा बेग्लै होला । हामी चुनावबाहेक अरू दिनमा कुनै त्यस्तो लड्ने, प्रतिस्पर्धा गर्ने कुरा छैन,” उनले भने, “हामी लड्नुपर्ने विषय नै साझा हो । नेपाली कांग्रेसले लड्ने भनेको भ्रष्टाचारविरुद्ध भनेको छ । एमालेले पनि त्यही भनेको छ । हामीले पनि त्यही भनेका छौँ ।”

चियापान कार्यक्रममा नेताहरूको जमघट उच्च राजनीतिक संस्कार भएको उनले टिप्पणी गरे । चाडपर्वले जुराएको अवसर भएको भन्दै उनले कांग्रेसका नेता–कार्यकर्ताप्रति शुभकामना र कृतज्ञता व्यक्त गरे ।

“यो अवसरको सदुपयोग गरेको मलाई राम्रो लागेको छ,” उनले भने ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, कात्तिक ११, २०८०  १७:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro