site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नउडेको चंगा, उडेको सपना
Tiktok banner adTiktok banner ad

सुधन सुवेदी


यसपालि चंगा उडेन, सपना उडे 
लट्टाई हल्लाउने हात हल्लिए
त्यो चंगा उडाउन थिएन
निलो आकासमा तीन धर्के, लाम्पुछ्रेलाई बसमा पार्न
हौसिदैं खाना पानी समेत भुलेर
माझा दलेर बलियो बनेको धागो
धागोको उपल्लो छेउमा चंगा
च्यातिएको नै सही
टाँसेर, फुर्का राखेर उडाइ छाड्ने
उडाउने मात्र हैन अरुलाई काट्दै जाने जोश
आज हात हल्लिएका छन्
हाँसो छैन, हातमा लट्टाई छैन, आकासमा चंगा पनि छैन
समयको अर्को कोल्टो
ती हल्लिएका हातहरू चल्न नचाहने खुट्टाहररूका साक्षी
एक जोडी हात आत्मीयहरूलाई बिदाई गर्दै हल्लियो
अर्को जोडी हात उडेका सपना समात्न हल्लिए
लट्टाई हल्लिएन, चंगा उडेन
उड्यो त श्यामश्वेत सपना
यहाँ गाली हिट छ
देश छोड्नेलाई तथानाम
छोड्न विवश पार्नेलाई जयजयकार
यसपाली चंगा उडेन, सपना उडे ।

@tweetsudhan




 




 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक ११, २०८०  ०९:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro