site stats
बाह्रखरी :: Baahrakhari
देश
मकवानपुरमा स्कुटर दुर्घटना हुँदा श्रीमतीको मृत्यु, श्रीमान् घाइते
प्रतीकारात्मक तस्बिर ।

काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा बुधबार साँझ स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

काठमाडौं–कुलेखानी हेटौँडा सडकखण्डमा भएको दुर्घटनामा काठमाडौं महानगरपालिका–२७ बस्ने ६२ वर्षीया राज्यश्री थापा क्षेत्रीको मृत्यु भएको छ ।

Argakhachi Cement Island Ad

दुर्घटनामा घाइते भएकी उनको उपचारका क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनका श्रीमान् ६५ वर्षीय शशीराज पाण्डे घाइते छन् । उनको सोही अस्पतालमा उपचार भइरहेको छ ।  

काठमाडौंबाट हेटौँडा जाँदै गरेको ०२–०२७–प ४८४२ नं को स्कुटर बुधबार दुर्घटनामा परेको हो । जुरिखेतको ओरालोमा स्कुटर अनियन्त्रित भइ सडकबाट करिब एक सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक ९, २०८०  ०६:५८
प्रतिक्रिया दिनुहोस्