site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
छिनछिनमा ‘भुइँचालो’ गइरहेको छ, विचार गर्नुस् : पूर्वराजा ज्ञानेन्द्र
सर्वसाधारणलाई विजयादशमीको टीका लगाइदिने क्रममा पूर्वराजा ज्ञानेन्द्र शाह । तस्बिर : हरिशजंग क्षेत्री/बाह्रखरी ।

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले देशमा भइरहेका गतिविधिबाट पाठ सिकेर अघि बढ्न सुझाव दिएका छन् । मंगलबार महाराजगन्जस्थित निर्मलनिवासमा नेपालीको महान् चाड विजयादशमीका अवसरमा सर्वसाधारणलाई टीका लगाइदिँदै उनले यस्तो बताएका हुन् ।

उनले देशमा भइरहेका गतिविधिप्रति लक्षित गर्दै व्यंग्यात्मक रूपमा छिनछिनमा ‘भुइँचालो’ गइरहेकाले विचार गरेर बस्न आग्रह गरे ।

“सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा दसैँको शुभकामना दिन चाहन्छु । धेरै भन्नु पनि हुँदैन, सप्तमीको दिनमा भनेको छु,” उनले भने, “हामीले पाठ पनि सिक्नुपर्नेछ । छिनछिनमा भुइँचालो पनि आइरहेको छ । विचार गर्नुस् ।”

पूर्वराजा शाहले सम्पूर्ण नेपालीमा बडादसैँको शुभकामना दिए । उनले मंगलबारै आमसर्वसाधारणलाई विजयादशमीको टीका लगाइदिएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक ७, २०८०  १८:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro