site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
विजयादशमीमा रावण वध

महोत्तरी । बडादसैँ (मधेसमा दशहारा भनिन्छ) पर्वमा देवी दुर्गाको पूजाआराधना गर्ने परम्पराबीच महोत्तरीको भारतीय सीमावर्ती मुख्य नाका मटिहानीमा रामायणगाथा गाइन्छ । मटिहानीमा बर्सेनि ‘रावण वध’ मेला नै आयोजन गरेर नवरात्रभरि रामायण पाठकीर्तन गरेर दशमीका दिन रावणरूपी दुष्ट प्रवृत्तिको अन्त्य भएको खुसियालीमा उत्सव मनाउने यहाँको पुरानो परम्परा हो ।

नवरात्रभरि (असोज शुक्लपक्ष लागेदेखि नै) राम–रावणको घमासान युद्ध भएको र दशमीका दिन मर्यादा पुरुषोत्तम श्रीरामले रावणलाई ढालेको विश्वासमा मटिहानीमा रावण वध मेलाको आयोजना परम्परादेखि गरिँदै आएको छ । त्यहाँ निर्मित अजंगको रावण प्रतिमालाई दशमीका दिन सूर्यास्तअघि श्रीरामको भूमिकाका कलाकारले तीर (धनुषवाण) हानेर लडाएपछि विजयोत्सव मनाउँदै मेला सम्पन्न हुने परम्परा रहेको मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले बताए ।

Dabur Nepal
NIC Asia

यसै परम्पराअनुसार मंगलबार सन्ध्याअघि प्रतीकात्मक रावण वध सम्पन्न गरिएको हो ।  रावण वध मेलामा टाढाटाढाबाट साधुसन्त सहभागी हुने गरेका छन् ।

वर्षाकाल बितेपछि शरद् ऋतु लागेसँगै श्रीराम सीताजीको खोजीमा लंका पुगेका र रावणसँग युद्ध गरेर सत्य स्थापित गरेको विश्वासमा यहाँ मेला परम्परा चल्दै आएको हो ।

रावण वध मेलाका अवसरमा असोज शुक्ल प्रतिपदादेखि नै रामचरित मानस (श्री सन्त तुलसीदासविरचित रामायण महाकाव्य) पाठ गरिने परम्परा छ । रावण वध भएपछि साधुसन्तलाई भोजन गराई दक्षिणा दिने र श्रीराम कीर्तन गर्दै उत्सव मनाउने यहाँको चलन छ ।

श्रीरामले रावणको संहार गरेको र देवीले महिषासुरसहितका दैत्यको मर्दन गरेको चन्द्रमासका गणनाले एउटै पक्ष परेको विद्वान्हरूको मत छ । देवीको लडाइँ सत्ययुगमा र श्रीरामको त्रेतायुगमा भए पनि दुवै लडाइँ असोज शुक्लपक्षमै भएकाले विजयादशमीमा रावण वध मेला आयोजन हुने गरेको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण संस्कृत क्याम्पस (विद्यापीठ)का मैथिली भाषासाहित्यका उपप्राध्यापक मनोज झा ‘मुक्ति’को भनाइ छ । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक ७, २०८०  १७:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro