site stats
बाह्रखरी :: Baahrakhari
देश
राष्ट्रपति पौडेलले लगाए साइतमा दसैँको टीका 

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ९१ वर्षिया भाउजू विष्णुमाया पौडेलको हातबाट विजया दशमीको टीका ग्रहण गरेका छन् । राष्ट्रपति पौडेलले बिहान ११ बजेर २ मिनेटको शुभसाइतमा भाउजू विष्णुमायाको हातबाट टीका जमरा ग्रहण गरेका हुन् । 

राष्ट्रपति पौडेलले भाउजूको हातबाट टीका र जमरा लगाएपछि परिवारका सदस्यहरूलाई टीका लगाइदिएका छन् ।  

यसैबीच, राष्ट्रपति पौडेलले आज सर्वसाधारण तथा अतिविशिष्ट र विशिष्ट व्यक्तिहरूलाई समेत टीका दिने कार्यक्रम छ । उनले राष्ट्रपति कार्यालयमा दिउँसो २ देखि ३ बजेसम्म विशिष्ट र ३ देखि ५ बजेसम्म सर्वसाधारणलाई टीका–जमरा लगाइदिनेछन् । 

2-1698131329.jpg

प्रकाशित मिति: मंगलबार, कात्तिक ७, २०८०  १२:२३
प्रतिक्रिया दिनुहोस्