site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गहुँ आयातसँगै उद्योगहरू पुनः सञ्चालनमा

काठमाडौं । पूर्वी क्षेत्रमा गहुँ आयातसँगै उद्योगहरू पुनः सञ्चालनमा आएका छन् । गहुँ अभावमा उद्योगहरू बन्द हुने अवस्थामा पुगेका बेला आयात थालिएको हो ।

नेपाल सरकारको आग्रहमा भारतले करिब तीन लाख मेट्रिकटन गहुँ आयातको कोटा दिएपछि मैदा उद्योगहरू सञ्चालन हुन थालेका हुन् । यो वर्ष पर्याप्त उत्पादन नभएको र ट्रेडरहरूले सञ्चित गरेकाले गहुँको अभाव हुन थालेको थियो ।

पछिल्लो समय विगत तीन महिनादेखि गहुँ आयात गरिँदै छ । अहिलेसम्म करिब एक लाख मेट्रिकटन गहुँ आयात गरिएको नेपाल फ्लोर मिल एसोसिएसनका केन्द्रीय सचिव विकास बेगवानीले जानकारी दिए ।

गहुँ आयातपछि अहिले ४४ रुपैयाँ प्रतिकिलोमा स्थिर छ । गत वर्ष यसै समयमा गहुँको मूल्य ६४ रुपैयाँ प्रतिकिलोसम्म पुगेको थियो । गहुँको सञ्चिति गर्ने प्रवृत्ति बढेपछि ४२ रुपैयाँ प्रतिकिलोबाट मूल्य बढेर ४७ रुपैयाँ प्रतिकिलोसम्म पुगेको थियो ।

नेपालमा वार्षिक करिब नौ लाख मेट्रिकटन गहुँ आवश्यक पर्छ । मैदा उद्योगीले तीन लाख मेट्रिकटन गहुँ आयातको कोटा माग आग्रह गर्दै आएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक ६, २०८०  १५:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro