site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
धादिङमा ८० मिनेटको अन्तरमा भूकम्पका चार धक्का

काठमाडौं । धादिङमा ८० मिनेटको अन्तरमा भूकम्पका चार धक्का मापन गरिएको छ । आइतबार बिहान चार म्याग्निच्युडदेखि माथिका चार धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ ।

केन्द्रका अनुसार बिहान ७ बजेर ३९ मिनेटमा धादिङको ज्वालामुखी गाउँपालिका–५, खरी आसपास केन्द्रविन्दुको ६.१ म्याग्निच्युडको धक्का मापन गरिएको थियो । त्यसको २९ मिनेटपछि अर्थात् ८ बजेर ८ मिनेटमा सल्यानटार आसपास केन्द्रविन्दु भएको ४.२ म्याग्निच्युडको परकम्प मापन गरियो ।

यस्तै, ८ बजेर २८ मिनेटमा सल्यानटार आसपास नै केन्द्रविन्दु भएको ४.३ म्याग्निच्युडको धक्का मापन गरिएको थियो ।

बिहान ८ बजेर ५९ मिनेटमा खरी आसपास केन्द्रविन्दु भएको ४.१ म्याग्निच्युडको भूकम्पको अर्को धक्का मापन गरिएको केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार यी चारै धक्का ०७२ सालमा गएको विनाशकारी गोरखा भूकम्पका परकम्प हुन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ५, २०८०  ११:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro