site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
भूकम्पका कारण पहिरो, यस्तो छ धादिङमा क्षति

काठमाडौं । धादिङमा आइतबार बिहान भूकम्पको धक्कापछि पहिरो खसेको छ । बिहान ७ बजेर ३९ मिनेटमा ज्वालामुखी गाउँपालिका–५, खरी आसपास केन्द्रविन्दु भएर गएको ६.१ म्याग्निच्युडको धक्कापछि पहिरो खसेको हो ।

ज्वालामुखी गाउँपालिका–५, बुङकोटघाटस्थित सिम्लेमा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी गराएको छ । पहिरोका कारण कुनै क्षति नभएको धादिङका प्रहरी प्रमुख एवं एसपी गौतम मिश्रले जानकारी दिए ।

उनका अनुसार भूकम्पका कारण ज्वालामुखी–५, कुमलटारीका ५२ वर्षीय भक्की कुमालको कच्ची घरको पछाडि भागको भित्ता भत्किएको छ ।

सोही ठाउँका ३६ वर्षीय रमेश कुमालको कच्ची घरको पछाडिको भित्ता भत्किएको छ ।

ज्वालामुखी–५, कुमलटारीकै ५० वर्षीय पुन्टे कुमालको घरको भित्ता चर्किएको र खाना पकाउने चिम्नी बांगिएको छ ।

सोही ठाउँका ४५ वर्षीय प्रताप कुमालको कच्ची घरको भित्ता चर्किएको र चिम्नी बांगिएको छ ।

भूकम्पका कारण ज्वालामुखी–७, चैनपुरबेँसीका ७३ वर्षीय बलबहादुर दनईको खाना पकाउने चिम्नी खसेको छ ।

ज्वालामुखी–१, माझीटारका मंगलसिंह माझीको गोठ भत्किएको र एउटा खसीको खुट्टा भाँच्चिएको एसपी मिश्रले जानकारी दिए ।

यसबाहेक हालसम्म अरू क्षतिको विवरण प्राप्त नभएको उनले बताए । विवरण संकलन गर्ने कार्य भइरहेको उनको भनाइ छ ।

fdmakgm-1697956016.jpg

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: आइतबार, कात्तिक ५, २०८०  ११:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro