site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सामान्य बन्दै उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य
Sarbottam CementSarbottam Cement

काठमाडौं । चीनको बेइजिङस्थित पेकिंग युनियन मेडिकल कलेज अस्पतालमा उपचाररत उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आईसीयूबाट जनरल वार्डको क्याबिनमा सारिएको छ । हिजोदेखि नै जनरल क्याबिनमा रहेका उनले चिकित्सकको सल्लाहअनुसार आज सामान्य हिँडडुल समेत गरेका छन् ।

सार्वजनिक सुरक्षा तथा आपतकालीनमन्त्री एवं चिनियाँ कम्युनिष्ट पार्टीका सचिव वाङ सियाओहङ र चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका एक नेता अस्पताल पुगेर उपप्रधानमन्त्री श्रेष्ठसँग भेट गरेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

वाङले उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ अवस्थाबारे जानकारी लिँदै पेकिंग अस्पतालमा सबै प्रकारको अत्याधुनिक उपचार हुने र उपप्रधानमन्त्री श्रेष्ठको उपचारमा कुनै कमी नगर्न अस्पताललाई निर्देशन दिइएको समेत जानकारी दिए । बेइजिङबाहिर रहेका वाङ बेइजिङ एयरपोर्टबाट सिधै अस्पताल पुगेका थिए ।

चिनियाँ परराष्ट्रमन्त्रीले पनि फुलको गुच्छा पठाउँदै प्रतिनिधिमार्फत श्रेष्ठको सुस्वास्थको कामना गरेका छन् ।

Global Ime bank

‘तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेसनल कोअपरेसन (बीआरएफ)’मा सहभागी हुन चीनको बेइजिङ पुगेका उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बुधबार हृदयघात भएपछि आकस्मिक शल्यक्रिया गरिएको थियो ।

श्रेष्ठलाई ‘एक्युट मायोकार्डियल इन्फेक्सन’ भएको र आकस्मिक कोरोनरी एन्जियोग्राफी गर्दा ‘ओब्टस मार्जिनल शाखा’मा अवरोध देखिएको अस्पतालले जनाएको थियो । उनको मुटुको बायाँ धमनीमा महत्त्वपूर्ण ‘स्टेनोसिस’ देखिएको र  त्यसलाई कम गर्न तुरुन्तै ‘स्टेन्ट’ राखिएको समेत अस्पतालले जनाएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक ४, २०८०  १७:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय