site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
राष्ट्रपति पौडेलले भाउजु विष्णुमायासँग दसैँको टीका लगाउने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ९१ वर्षिया भाउजु विष्णुमाया पौडेलको हातबाट यसवर्षको विजया दशमीको टीका ग्रहण गर्ने भएका छन् । राष्ट्रपति पौडेलले बिहान ११ वजेर २ मिनेट जाँदा भाउजु विष्णुमाया पौडेलको हातबाट टीका जमरा ग्रहण गर्ने उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

राष्ट्रपति पौडेलले भाउजुको हातबाट टीका जमरा लगाएपछि  परिवारका सदस्यहरूलाई टीका लगाइदिने कार्यक्रम छ । 

Dabur Nepal
NIC Asia

यसैबीच, राष्ट्रपति पौडेलले विजया दशमीको दिन सर्वसाधारण तथा अतिविशिष्ट र विशिष्ट व्यक्तिहरूलाई समेत टीका दिने कार्यक्रम छ । उनले विजयादशमीका दिन राष्ट्रपति कार्यालयमा दिउँसो २ देखि ३ बजेसम्म विशिष्ट र ३ देखि ५ बजेसम्म सर्वसाधारणलाई टीका–जमरा लगाइदिनेछन् । 

राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार पोखरेलले सर्वसाधरणलाई टीका लगाउनका लागि राष्ट्रपति भवनको मूल ढोकामा सहजरुपमा प्रवेशको व्यवस्था गरिएको बताए । टीका ग्रहणका लागि मर्यादित पोसाकमा आउन समेत राष्ट्रपति कार्यालयले आग्रह गरेको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक ४, २०८०  १०:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro