site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
वन्यजन्तु र मानवबीचको द्वन्द्व अहिलेको प्रमुख चुनौती : मन्त्री महतो
फाइल तस्बिर ।
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतोले वन्यजन्तु र मानवबीचको द्वन्द्व अहिलेको प्रमुख चुनौती रहेको बताएका छन् । शुक्रबार ललितपुरमा आयोजित राष्ट्रिय प्रकृति संरक्षण कोषको ४१औँ वार्षिकोत्सव तथा संरक्षक संरक्षण समारोहमा उनले यस्तो बताएका हुन् ।

उनले राष्ट्रिय प्रकृति संरक्षण कोषले सरकारसँग समन्वय गरेर यस्ता समस्याको व्यवस्थापनमा जोड दिनुपर्ने उल्लेख गरे । बाँदर, हात्ती, बँदेललगायत जीवजन्तुबाट कृषकलाई समस्या सिर्जना भएको भन्दै उनले त्यसको व्यवस्थापनको आवश्यकता औँल्याए ।

“हामीसँग भएका संस्थालाई सुरक्षित र सक्रिय गरेर मन्त्रालयसँग सहकार्य गरेर अघि बढ्न सके पर्यटकस्थलको विकास गर्न सकिन्छ । पर्यटकहरू बढाउन सकिन्छ । संसारमा नभएका जीवजन्तुहरू जुन हाम्रा सम्पत्ति हुन्, ती हेर्न पर्यटकहरू आउनेछन् । यसले आर्थिक समृद्धिमा ठूलो टेवा पुग्नेछ,” उनले भने, “आउने दिनमा हामीसँग एउटा ठूलो चुनौती भनेको वन्यजन्तु र मानवबीचको द्वन्द्व हो । यसमा पनि सकेसम्म धेरै ठाउँबाट सहयोग गरेको छ, मन्त्रालयसँग मिलेर सहकार्य गरेको छ । अझै पूर्ण संरक्षण गर्न सकेका छैनौँ । जीवजन्तु बढाउँदै गर्दा कृषकको लागि बाँदरको समस्या, हात्तीबाट जिउधनको क्षति हुने समस्या छ । अन्य जीवजन्तुबाट कृषकले समस्या पाइरहेका छन् । यसमा सबै मिलेर समाधान गर्नुपर्छ ।”

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक ३, २०८०  १५:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu