site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
परराष्ट्रमन्त्री साउद कात्तिक दोस्रो साता अमेरिका जाने
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद यही कात्तिक दोस्रो साताको अन्त्यमा अमेरिका जाने भएका छन् । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेनको निमन्त्रणामा उनी अमेरिका जान लागेको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ ।

अमेरिका भ्रमणका बेला परराष्ट्रमन्त्री साउद र अमेरिकी विदेशमन्त्री ब्लिनकेन नेपाल–अमेरिका प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय बैठकमा सहभागी हुनेछन् । बैठकमा नेपाल र अमेरिका सम्बन्धका सम्पूर्ण आयाममा छलफल गरिएको जनाइएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

नेपाल र अमेरिकाका विदेशमन्त्रीबीच पाँच वर्षको अन्तरालमा हुने मन्त्रीस्तरीय बैठकमा सहभागी हुन ब्लिनकेनले उनलाई निमन्त्रणा गरेका हुन् । यसअघि, सन् २०१८ मा उक्त बैठकमा तत्कालीन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली सहभागी भएका थिए ।

कात्तिक १२ गते संयुक्त रास्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेस नेपाल आउँदै छन् । त्यही दिन राष्ट्रसंघका महासचिवसँग भेटवार्ता गरेपछि परराष्ट्रमन्त्री अमेरिका प्रस्थान गर्ने कार्यक्रम छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०८०  १२:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement