देश
काठमाडौं । बझाङमा बुधबार राति भूकम्प गएको छ । राति १० बजेर ३ मिनेटको समयमा भूकम्प गएको हो ।
बझाङको सदरमुकाम चैनपुर आसपास केन्द्रविन्दु बनाएर ४.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र जनाएको छ ।
भूकम्पको धक्का बझाङका साथै बाजुरा, अछाम, डडेलधुरा, बैतडी, दार्चुलालगायत सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा समेत महसुस गरिएको छ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०८० ०६:०८
प्रतिक्रिया दिनुहोस्