काठमाडौं । हिमालयन रि–इन्स्योरेन्स लिमिटेडलाई प्रिमियम मूल्यमा प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएको छ ।
बोर्डले अंकित मूल्य १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थप गरी आईपीओ निष्कासनका लागि अनुमति दिएको हो । योसँगै सर्वसाधारणका लागि कम्पनीको प्रतिसेयर मूल्य २०६ रुपैयाँ पर्नेछ ।
तर, कम्पनीले माग गरेको कित्ताभन्दा कम कित्ता आईपीओ निष्कासन गर्न बोर्डले स्वीकृति दिएको धितोपत्र बोर्ड स्रोतले जानकारी दिएको छ ।
हिमालयन रिले भदौ २६ गते तीन करोड कित्ता आईपीओ अंकित १०० रुपैयाँमा १०८ रुपैयाँ प्रिमियम मूल्य थप गरी ६ अर्ब २४ करोड रुपैयाँको आईपीओ निष्कासन गर्न अनुपति मागेको थियो । यो कम्पनीको आईपीओ बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।