-1711276591.png)
काठमाडौं । नेपालका साहसी तर कम परिचित पर्वतारोहीहरूको कथा उजागर गर्दै माउन्टेन ड्युले ‘पिक्स अफ करेज’ शीर्षकमा विशेष अभियान सुरु गरेको छ ।
नेपालको अपरिचित हिमशिखर र तिनका साहसी आरोहीहरूको भावनात्मक यात्रालाई प्रविधि र कथा–कथनमार्फत विश्वमाझ पुर्याउने लक्ष्यसहित यो अभियान सुरु गरिएको हो ।
नेपालको हिमाल भन्नासाथ सगरमाथाको चर्चा हुने गर्छ । तर, देशभरि फैलिएका सयौँ अन्वेषण नपुगेका शिखरहरू र तिनका आरोहण प्रयासहरू पनि उस्तै प्रेरणादायी छन् ।
यस अभियानमार्फत विभिन्न क्षेत्रका स्थानिय पर्वतारोही र साहसी युवा तथा युवतीहरूको कथा भिडियो, चित्र, लेख र भर्चुअल माध्यममार्फत सार्वजनिक गरिँदै छ । यसले उनीहरूको साहसिकता र योगदानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गर्ने लक्ष्य लिएको छ ।
‘पिक्स अफ करेज’ केवल मनोरञ्जन होइन, समुदायमा जोड दिने र स्थानिय साहसी चरित्रलाई सम्मान गर्ने सामाजिक प्रयास पनि हो । माउन्टेन ड्युका अधिकारीहरूको भनाइमा, यो अभियान नेपालको साहसिक विरासतलाई उजागर गर्दै आम नेपालीलाई आफ्नो कथामा गर्व गर्न उत्प्रेरित गर्ने उद्देश्यले ल्याइएको हो ।
कम्पनीका अनुसार, यस अभियानले पर्यटन प्रवर्द्धन, स्थानीय साहसीहरूको क्षमता अभिवृद्धि र समुदायस्तरमा अवसर सिर्जना गर्न योगदान पुर्याउनेछ । सगरमाथा मात्र नभई अन्य गुमनाम शिखरहरूमा पुग्ने र तिनको कथा बोकेर आउने प्रयासमा कम्पनीको ध्यान केन्द्रित हुने स्पष्ट संकेत दिइएको छ ।