
काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनको बजार विस्तार गर्दै सीजी मोटर्सले गिली अटो ग्रुपसँगको सहकार्यमा ‘ईभी भोल्भ टु रिड्डारा एक्सचेन्ज’ नामक योजना ल्याएको छ । सीमित अवधिको योजनाअन्तर्गत ग्राहकले आफ्नो पुरानो गाडी साटेर केवल २० प्रतिशत डाउनपेमेन्टमा नयाँ रिड्डारा आरडी६ विद्युतीय पिकअप खरिद गर्न सक्नेछन् ।
गिली अटो ग्रुपको प्रविधि र सिजी मोटर्सको दिगो यातायातप्रतिको प्रतिबद्धता समेटिएको रिड्डारा पिकअप ७३ किलोवाट–आवर क्षमताको ब्याट्री र ४२४ किलोमिटरको रेन्ज रहेको छ । नेपालको विविध भौगोलिक बनोटलाई सहज पार गर्न यसमा विभिन्न ड्राइभिङ मोड रहेका छन् । बालुवामा, हिलोमा, अफरोड, पानीमा, इकोनोमी, आरामदायी र खेल लगायत मोड पहिलोपटक समावेश गरिएको बताइएको छ ।
यसका अतिरिक्त, ५४० डिग्री सराउन्ड भ्यु क्यामेरा जडान गरिएकाले चालकलाई सम्पूर्ण दिशाबाट सहज निगरानी र सुरक्षित सवारी अनुभव उपलब्ध गराउने कम्पनीले जनाएको छ ।
ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै कम्पनीले यो योजनाअन्तर्गत विभिन्न छुट उपलब्ध गराएको छ । आकर्षक नगद छुट, अतिरिक्त एक्सचेन्ज बोनस, निःशुल्क एसेसोरी, एक वर्षको बिमा, सात किलोवाट क्षमताको चार्जर निःशुल्क र एक वर्षको सडक करसमेत कम्पनीले नै व्यहोर्नेछ ।
सिजी मोटर्सको यो प्रयास नेपालमा हरित र स्मार्ट यातायात प्रणालीप्रति नागरिकलाई अभिप्रेरित गर्नुका साथै विद्युतीय सवारी साधनलाई दिगो समाधानका रूपमा स्थापित गर्न महत्त्वपूर्ण कदम हुने अपेक्षा गरिएको छ ।