site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला समापन हुँदै
Tiktok banner adTiktok banner ad

काठमाडौं । भुकृटीमण्डपमा चलिरहेको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२५ सोमबार समापन हुँदैछ । महासंघले वार्षिक क्यालेन्डर कार्यक्रमका रूपमा आयोजना गरिएको मेलामा निःशुल्क प्रवेशको व्यवस्था छ ।

नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय/व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र (टीईपीसी)को सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघको आयोजना एवं ललितपुर उद्योग वाणिज्य संघ र घरेलु तथा साना उद्योग महासंघको सहआयोजनामा सुरु भएको मेला वैशाख २५ गतेबाट मेला सुरु भएको थियो ।

मेलामा नेपाल, चीन र बंगलादेशका गरी १२० बढी स्टल सहभागी रहेका छन् । मेलाका अवसरमा विभिन्न देशका व्यापारिक प्रतिनिधिहरूसँग भेटघाट र छलफलले द्विपक्षीय व्यापार र लगानीका अवसरहरूका बारेमा पनि छलफल भएको थियो ।

मेलामा उल्लेख्य दर्शकहरूको सहभागिता रहेको र नेपाली उद्योगी व्यवसायीहरूलाई उत्पादनको प्रवर्द्धन तथा बजारीकरणमा सहयोगी देखिएको प्रतिक्रिया महासंघको मेला समितिका सभापति उमेश डालमियाले दिए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २९, २०८२  १७:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro