site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
दसैँदेखि छठसम्म यतीमा उड्दा यात्रुलाई सानदार उपहार

काठमाडौं । यती एयरलाइन्सले दसैँ, तिहार र छठ पर्वको अवसरमा यात्रुहरुका लागि सानदार उपहार दिने घोषणा गरेको छ । यती एयरलाइन्सले ‘महोत्सवको बहार, यतीको उडानमा सानदार उपहार’ योजना सार्वजनिक गरेको छ ।

अफरअन्तर्गत असोज २८ देखि मंसिर ७ गते (छठ पर्व)सम्मको अवधिमा यतीमा यात्रा गर्ने यात्रुहरुमध्ये चारजनालाई गोलाप्रथाबाट छनोट गरेर विभिन्न उपहार दिने घोषणा गरेको छ ।

Argakhachi Cement Island Ad

प्रथम एकजनालाई बजाज पल्सर एनएस २०० मोटरसाइकल दिने घोषणा गरेको हो । सोही योजनाअन्तर्गत दोस्रो विजेताले थाई लोनको तर्फबाट जोडीसहित बैंकक टुर र तेस्रो विजेताले एलजीको वासिङ मेसिन र चौथो विजेताले श्रीबालाजी डाइमन्डको तर्फबाट हिराको टप जित्ने यतीले जनाएको छ ।

साथै, यती मोबाइल एप वा वेबसाइटमार्फत टिकट काटी उड्ने यात्रुहरुमध्ये हरेक हप्ता एकजनाले फार्म सप, लुक्ला आउटडोरको तर्फबाट आकर्षक उपहार प्राप्त गर्नेछन् भने सिद्घार्थ बुटिक होटेलको तर्फबाट दुई जोडीले ‘नाइट स्टे’ पाउनेछन् ।

प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  १८:१०
प्रतिक्रिया दिनुहोस्