site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
तीन दिनमा उपत्यका छोड्नेको संख्या एक लाख ७६ हजार
फाइल तस्बिर ।

काठमाडौं । काठमाडौं उपत्यका छोडेर बडादसैँ मनाउन आफ्नो छातथलो जाने क्रम सुरु भइसकेको छ । घटस्थापनादेखि दसैँको तेस्रो दिन मंगलबारसम्म कुल एक लाख ७६ हजार ५५२ जना सडकमार्ग हुँदै बाहिरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

थप ८७ हजार ६०६ जनाले विभिन्न ठाउँमा जान टिकट बुकिङ गरेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेन्द्र भट्टले जानकारी दिए ।

उपत्यका छोडेर घर फर्कने यात्रीका निम्ति ट्राफिक प्रहरीले विभिन्न ठाउँमा सहायता डेस्क सञ्चालन गरेको छ । लामो सवारीसाधनमा दुई चालक र टाइम कार्ड अनिवार्य गरिएको छ ।

चाडपर्वमा सवारी दुर्घटना रोक्न सवारी चेकिङमा समेत कडाइ गरिएको नेपाल प्रहरीका प्रवक्ता एवं डीआईजी कुवेर कडायतले जानकारी दिए ।

प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८०  १४:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro