site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चाडपर्वको शुभकामना दिँदै झलनाथले खुट्याए समस्या 
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले देश अनेक खालका संकटबाट अघि बढिरहेको बताएका छन् । 

दसैँ, तिहार, छठ, नेपाल सम्वतको अवसरमा उनले भिडियो सन्देश दिँदै देशमा राजनीतिक, सामाजिक संकट रहेको बताए । 

“देश विभिन्न कारणले अनेक खालका संकटहरूबाट अघि बढिरहेको छ,” खनालले भने, “राजनीतिक, आर्थिक, समाजिक सांस्कृतिक संकट, राष्ट्रियताको संकट बढिरहेको छ ।”

उनले महँगीका कारण कसरी पर्व मनाउने भन्ने प्रश्न खडा भए पनि खुसीका साथ मनाउनुपर्ने बताए । 

“देशमा मूल्यवृद्धि भएको छ । महँगी बढिरहेको छ । यस्तो अवस्थामा समुदायका लागि चाडपर्वहरू कसरी मनाउने होला भन्ने सामना गर्नुपर्ने परिस्थिति बनिरहेको छ,” उनले भनेका छन्, “जुनसुकै अवस्थामा भए पनि आइरहेको चाडपर्व वास्तवमा खुसीयाली पर्व हो । खुसी साटासाट गर्दै मनाउनुपर्छ ।”

दलाल पुँजीवादी वादी व्यवस्थाले गर्दा समस्या सिर्जना भइरहेको उनको ठम्याइ छ । 

“देशको दलाल पुजिँवादी व्यवस्थाले गर्दा सिर्जना भइरहेका विकृति हटाउनका लागि तपाईं हामीले एउटा सुन्दर समाजको निर्माण गर्नुपर्छ । समाजवादी समाजको निर्माण गर्नुपर्दछ,” उनी भन्छन् । 

जनता अघि बढ्दै गरेकाले एकदिन सभ्य, सुन्दर समाज बन्न सक्ने विश्वास पनि उनको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८०  १३:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro