site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
ब्रसेल्समा गोली चल्दा बेल्जियम र स्वीडेनबीचको खेल रोकियो
Sarbottam CementSarbottam Cement

काठमाडौं । युरो–२०२४ को छनोटअन्तर्गत बेल्जियम र स्वीडेनबीचको खेल सुरक्षाका कारण स्थगित गरिएको छ । यी दुई टिमबीचको खेलअघि ब्रसेल्समा दुईजनाको गोली हानी हत्या भएपछि सुरक्षाका कारणले हाफ टाइममा रोकिएको हो ।

किंग बाउडोइन सरंगशालामा खेल स्थगित गर्ने निर्णय लिँदा दुवै टिम १/१ को बराबरीमा थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

घटनाबारे एक विज्ञप्ति जारी गर्दै यूईएफएले स्थानीय पुलिससँगको सल्लाहमा खेल स्थगित गरिएको जनाएको छ । 

“आज साँझ ब्रसेल्समा एक हमलापछि दुई टिम र स्थानीय पुलिससँगको परामर्शपछि यो निर्णय भएको छ,” विज्ञप्तिमा उल्लेख छ । 

Global Ime bank

स्वीडिस एफएले सामाजिक सञ्जालमा पोष्ट गर्दै स्वीडेनका समर्थकलाई सुरक्षाका कारण मैदानमै रहन आग्रह समेत गरेको थियो ।

छनोटमा बेल्जियम र स्वीडेन समूह ‘एफ’मा छन् । समूहमा ६ खेलबाट १६ अंक जोडेको बेल्जियम शीर्ष स्थानमा छ । पाँच खेलबाट ६ अंक जोडेको स्वीडेन तालिकाको तेस्रो स्थानमा छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८०  ०८:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय