site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दोस्रो अभ्यास खेलमा नेपाल ४९ रनले विजयी

काठमाडौं । कप्तान रोहितकुमार पौडेल र अनिल साहको अर्धशतकप्रेरित नेपालले आईसीसी ट्वान्टी–२० विश्वकपअघिको दोस्रो अभ्यास खेलमा विन्डवर्ड्स भोल्कानोजविरुद्ध ४९ रनको सहज जित निकालेको छ ।

बिहीबार भएको खेलमा नेपालले प्रस्तुत गरेको १८० रनको लक्ष्य पछ्याउने क्रममा भोल्कानोजले १८.५ ओभरमा सबै विकेट गुमाएर १३० रन मात्र बनाउन सक्यो । भोल्कानोजका के मेलिुसले ३७ बलमा ५० रन जोडे । ए अगस्टेले २५ रन बनाए ।

नेपालका कुशल भुर्तेल र गुल्सनकुमार झाले समान तीन विकेट लिए ।

त्यसअघि, टस जितेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १७९ रन बनाएको थियो । नेपालका कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ५४ रनको योगदान गरे । अनिलकुमार साहले ५० रन थपे ।

भोल्कानोजका डारेन नेड र लिकलास रेडहेडले समान दुई विकेट लिए ।

लगातार दोस्रो जित निकालेको नेपालले तीन खेलको शृंखलामा २–० को अग्रता बनाएको छ । नेपालले अन्तिम खेलअगावै शृंखला जितेको छ ।

नेपालले यसअघि भोल्कानोजविरुद्ध पहिलो खेलमा चार विकेटको जित निकालेको थियो । शृंखलाको अन्तिम खेल शनिबार (भोलि) हुनेछ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  ०९:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro