site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रचण्डको टिप्पणी– कांग्रेस पार्टी हो कि मोर्चा बुझिसाध्य छैन
फाइल तस्बिर।
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस पार्टी हो कि मञ्च हो भन्ने बुझ्न नसकिएको बताएका छन् । उनले कांग्रेसबारे प्रष्ट हुन नसकेको बताए ।

धनगढीमा आयोजित समाजवादी मोर्चाको कार्यक्रममा उनले नेकपा (एमाले)भित्र पहिलोपटक ठूला चिरा परेको पनि बताए ।

“पहिलोचोटी एमालेभित्र ठूल्ठूला चिरा परेको देखिएको छ । राम्रो बुद्धि पुर्‍याउने हो भने त्यसलाई राम्रोसँग सदुपयोग गर्ने सम्भावना बढी छ,” उनले भने, “अब कांग्रेस त पार्टी हो कि, मञ्च हो कि, मोर्चा हो बुझिसाध्य छैन ।”

Prabhu Bank
Agni Group
NIC Asia

उनले ५४ सिट रहेको मोर्चालाई संसदीय राजनीति सहज नभएको स्वीकारे ।

“हामी मिल्दा पनि ५४ हो । नेपाली कांग्रेस एक्लै झन्डै ९० को नजिक छ । एमाले एक्लै ८० को नजिक छ । साथीहरु कहिलेकाँही बेस्सरी ठोक्नुस् भन्नुहुन्छ,” उनले भने, “परिस्थिति त्यस्तो छ । मिलाएर ठोकेन भने त आफैं ठक्कर खान्छ नि ।”

Global Ime bank

प्रधानमन्त्रीले कोसी प्रदेशमा लाजमर्दो दुईवटा गठबन्धन बनेको बताए । उनले कांग्रेसका सभापति शेरबहादुर देउवा र शेखर कोइरालासँग बालुवाटारमा सहमति गरेपछि ढुक्क भएको ठानेकोमा त्यस्तो हुन नसकेको बताए ।

उनले विश्वासको मत लिनुअघि कांग्रेसको मात्रै मन्त्री बन्ने सहमति भए पनि एमालेले मन्त्री पठाएकोमा आपत्ति जनाए ।

“एमालेले गरेको चलखेल रोकियो भन्ने ठानेको त हिजो फेरि अर्को चलखेल भयो । हामीले विश्वासको मत लिनुअघि कांग्रेसबाट एउटा मात्रै मन्त्री बनाउने भनेका थियौँ । फेरि एमालेको पनि त्यहाँ छिराइहालेछन्,” उनले भने ।

उनले त्यसलाई करेक्सन गर्ने र यही गठबन्धनले जित्ने दाबी गरे ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  १७:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement