site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
पाकिस्तानविरुद्ध भारतको सहज जित
SkywellSkywell

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकपमा घरेलु टिम भारतले चिरप्रतिद्वन्द्वी पाकिस्तानविरुद्ध सात विकेटको सहज जित निकालेको छ । 

भारतको अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा शनिबार भएको खेलमा पाकिस्तानले प्रस्तुत गरेको १९२ रनको लक्ष्य भारतले ३०.३ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो ।

Dabur Nepal
NIC Asia

भारतको जितमा कप्तान रोहित शर्माले ६३ बलमा समान ६ चौका र छक्कासहित ८६ रन बनाए । श्रेयस ऐयर ५३ र केएल राहुल १९ रनमा अविजित रहे । सुभमन गिल र विराट कोहलीले समान १६ रन जोडे ।

पाकिस्तानका साहिन साह अफ्रिदीले दुई र हसन अलिले एक विकेट लिए ।

त्यसअघि, टस हारेर ब्याटिङमा उत्रिएको पाकिस्तानी टिमले ४२.२ ओभरमा सबै विकेट गुमाएर १९१ रन बनाएको थियो ।

पाकिस्तानका कप्तान बाबर आजमले ५० रन बनाए । मोहम्मद रिजवानले ४९, इमाम उल हकले ३६ र अब्दुल्लाह सफिकले २० रन जोडे । पाकिस्तानका अरू ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

प्रतियोगितामा पाकिस्तानको यो पहिलो हार हो । लगातार तेस्रो जित निकालेको भारत ६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । समान खेलबाट चार अंकको पाकिस्तान चौथो स्थानमा छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज २७, २०८०  २०:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu