site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
आरजूको आक्रोश : इतिहास बिर्सने, फेसबुक स्टाटस हेरेर निर्णय गर्ने ? 
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ आरजू राणा देउवाले फेसबुक स्टाट्स हेरेर निर्णय गर्ने जमात बढेको भन्दै आक्रोश पोखेकी छन् ।

शुक्रबार राजधानी काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले समयको चक्र घुमिरहेको भन्दै फेसबुक स्टाटस हेरेर निर्णय गर्नुभन्दा पहिले इतिहास हेर्नुपर्ने धारणा राखिन् । 

“हामीले एक सय वर्षको इतिहास हेर्नुपर्छ । अहिले फेसबुकको स्टाट्स हेरेर निर्णय गर्ने बेला भयो र ? जे पनि क्षणिक हुन्छ र ? इतिहास पनि केही होला ? समयको चक्र पनि घुमिरहेको छ । त्यसलाई विचार गरेर हेर्ने हो भने नेपाल कांग्रेस पार्टीले जति उपलब्धि कुन देशमा कुन पार्टीले गरेको छ,” उनले भनिन् । 

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी उनले विभिन्न चरणको आन्दोलन तथा जनयुद्धको खेपाइ र संविधान बनाउने काम कुन पार्टीको नेतृत्वमा भयो त ? भन्दै प्रश्न गरिन् । 

“हरेक कार्यक्रममा स्वर्गीय नेताहरूलाई माल्यार्पण गछौँ । उहाँहरूको एक–एक दिनको किमत कसले लिने ? पुराना नेताहरूले परिवार त्याग गरेर देश र पार्टीको लागि काम गर्नुभयो । उहाँहरूलाई हेरेर पनि कसरी धैर्यधारणा गर्ने कसरी मिलेर जाने भन्ने कुरा सिक्नुपर्छ,” उनले भनिन् । 

आरजूले कालकोठरीमा राख्ने, बोल्न नपाउने नजरबन्द गर्ने गाली ठोक्ने समयमा पनि नेताहरूले कांग्रेसलाई एकताबद्ध गरेर लगेको बताइन् । 

“बोल्न पनि ग्राहो थियो । उहाँहरूले सबै कुरा त्याग गरेर देशलाई यहाँसम्म ल्याउनु भएको हो । अहिले हामी दुई सेकेन्डमा शब्दमा चित्त बुझेन भने फेसबुक स्टाटस हालेर गाली गर्ने ? त्यो बेलामा आफ्नो पार्टीको बारेमा बोल्न पाउने थिएन । त्यस्तो समयबाट यहाँसम्म ल्याएको पार्टीलाई अहिले एकतावद्ध गरेर लगेनौं भने एतिहासले हामीलाई सराप्छ, । हाम्रो पुस्तालाई गाली गर्छ,” आरजूले भनिन् ।

गाह्रो समय पार गरेर मुलुकमा संविधान बनाएर यहाँसम्म कांग्रेसले ल्याएको भन्दै उनले पार्टीमा खाली एउटाले अर्कोलाई ढुंगा हान्ने काम बढेको बताइन् ।

प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  १८:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro