site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
शेखरले केदारको विकल्पमा अर्को नाम दिन नसकेको कांग्रेसको निष्कर्ष
फाइल तस्बिर ।

काठमाडौं । कोसी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस नेता शेखर कोइरालाले केदार कार्कीको विकल्पमा अर्को नाम दिन नसकेको कांग्रेस सभापति शेरबहादुर देउवाले बैठकमा बताएका छन् । 

पार्टीको कार्यसम्पादन समिति बैठकपश्चात पार्टी प्रचार विभाग प्रमुख मीन विश्वकर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समेत कांग्रेसबाट सर्वसम्मत नाम आउँछ भने मुख्यमन्त्री छाड्ने बचन दिएका थिए । तर, कार्कीको विकल्पमा शेखरले नाम दिन नसकेको विश्वकर्माले जानकारी दिए । 

“कार्यसम्पादन समितिमा आउँछु भनेर उहाँ आउनुभएन । भोलि उपयुक्त समयमा बस्ने गरेर बैठक स्थगन भएको छ,” विश्कर्माले भने, “यसले गठबन्धनमा पर्न सक्ने समस्यालाई कसरी समाधान गर्ने र कोसीमा गठबन्धनबाटै सरकार बनाउने कुरा भएको छ ।”

कोसीमा केदार कार्कीलाई मान्न के समस्या भयो भन्ने प्रश्नमा विश्वकर्माले भने, “२०५१ को अवस्था दोहोरिएको देखिन्छ । यसलाई सामान्य रूपमा लिन मिल्दैन । विद्रोहलाई स्थापित गर्ने भए पार्टी अनुशासन र स्वरुप रहँदैन ।”

उहाँले अर्को नाम भन्न सक्नुपर्दथ्यो भन्दै विश्वकर्माले भोलि पहिलो चरणमा बस्ने बैठकमा निर्णय हुने विश्वास व्यक्त गरे । उनले गठबन्धन र कांग्रेस दुवै बचाउनुपर्ने आवश्यकता रहेको बताए ।

प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  १८:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro