site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेसमा आन्तरिक एकता देखिएन : सिटौला
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले कांग्रेसभित्र आन्तरिक एकता नभएको बताएका छन् । कोसी प्रदेशमा पार्टीभित्र देखिएको विवादतर्फ संकेत गर्दै उनले पद तथा अवसरका आधारमा पार्टीभित्र आन्तरिक एकता खोज्न नहुने बताए । 

शुक्रबार राष्ट्रिय सभागृहमा भएको कार्यक्रममा उनले आम जनता र नेपाली कांग्रेसका कार्यकर्ता निराश हुनुपर्ने अवस्था नभएकाले आफैँभित्र ‘करेक्सन’ भने आवश्यक भएको बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

“सबैतिर पुनरवालोकनको आवश्यक्ता छ । आफ्नै पार्टीलाई एकतावद्ध बनाएर लानुपर्छ । विचार पहिले आफैँले आफैँलाई गर्ने हो । अर्कोलाई खोटमात्र देखेर हुन्न, आफूमा करेक्सन गरौँ,” उनले भने । 
 
नेता सिटौलाले सिंगो राष्ट्रियतालाई एकतावद्ध गर्ने काम कांग्रेसको भएको बताए । उनले सबै राजनीतिक दललाई एकताको शूत्रमा बाँधेर अघि बढाउने क्षमता कांग्रेसले राख्नुपर्नेमा उनको जोड छ । अहिले सिंगो राष्ट्र एकतावद्ध हुन नसकेको उनले बताए ।
 
“गाउँमा हुने सामाजिक एकतादेखि राष्ट्रलाई एकतावद्ध बनाउने काम हिजो पनि कांग्रेसको थियो र आज पनि कांग्रेसकै हो,” उनले भने । 

संविधान निर्माण गर्दा समाजवादी चरित्र राज्यले देखाउनुपर्छ र गरिब जनताको दायित्व राज्यले वहन गर्नुपर्ने अवधारणा राखेको भन्दै उनले समाजका तल्ला वर्गलाई उठाउने संकल्प गरिए पनि हालसम्म लागु हुन नसकेको बताए । उनले एक वर्ष नपुग्दै सरकारको मूल्यांकन गर्न नसकिने भए पनि गरिब जनताको जीवन उठाउने गरी काम गर्न भने सडकबाटै भए पनि सम्झाउनुपर्ने आवश्यक्ता भएको बताए । 

Global Ime bank

नेता सिटौलाले संसद्, सरकार, न्यायापालिका र संवैधानिक निकायको मूल्यांकन गर्दा संविधानको परिकल्पना अनुसार कार्यसम्पादन हुन नसकेको बताए । यसमा कांग्रेसले नीति महाधिवेशनमा छलफल गर्नुपर्ने उनको धारणा छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  १५:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय