site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
रावलको प्रश्न–कालापानी क्षेत्रमा मोदीले भ्रमण गर्दा सरकार किन मौन ?
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेकपा (एमाले)का नेता भीम रावलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कालापानी क्षेत्रमा जानकारीबिना भ्रमण गर्दा सरकार किन मौन भन्दै प्रश्न गरेका छन् । 

शुक्रबार सामाजिक सञ्जालमार्फत उनले यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा जाँदाको नयाँ सम्बन्धको परिणाम यस्तै हो भनि प्रश्न पनि गरेका छन् । 

मोदीले गरे भारत ‘अतिक्रमित’ नेपाली भूमि गुन्जीको भ्रमण 

“भारतीय प्रधानमन्त्री मोदीले नेपालको कालापानी क्षेत्रमा नेपाल सरकारको जानकारीबिना भ्रमण गरेको समाचारप्रति प्रम प्रचण्ड र सरकार मौन किन ? के प्रम प्रचण्डको गत भारत भ्रमणले दुई पक्षीय सम्बन्धमा ‘नयाँ उचाइ’ र ‘समझदारी’ थपेको भनेको यसरी नेपालको भौगोलिक अखण्डतामा घात गर्ने भन्ने नै हो ?,” रावलले लेखेका छन्, “ नेपाली जनताबाट लुकाइएका ‘सात सहमति वा सम्झौता’को परिणाम यस्तै हो ? प्रम प्रचण्ड र नेपाल सरकारले स्पष्ट गरोस् । ”

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  १२:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement