site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
मोदीले गरे भारत ‘अतिक्रमित’ नेपाली भूमि गुन्जीको भ्रमण 

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत ‘अतिक्रमित’ नेपाली भूमि गुन्जीको भ्रमण गरेका छन् । मोदी हेलिकोप्टरमार्फत बिहीबार बिहान ९ः४५ बजे गुन्जी पुगेका थिए ।

उत्तराखण्डको भ्रमण गर्ने क्रममा मोदी भारतको नियन्त्रणमा रहेको नेपाली भूमि गुन्जीमा पुगेका हुन् । नेपालले कालापानी, लिपुलेक, गुन्जी र लिम्पियाधुरा आफ्नो भूभाग भएको दाबी गर्दै आएको छ । नेपालले ती भूभागलाई समेटेर नयाँ नक्सा समेत जारी गरिसकेको छ ।

eafdsg-1697094698.jpg

भारतले भने कालापाली, लिपुलेक, गुन्जी र लिम्पियाधुरा आफ्नो भूभाग भएको जिकिर गर्दै आएको छ ।

वार्तामार्फत सीमा समस्या समाधान गर्न नेपालले पटक–पटक अनुरोध गरे पनि भारतले बेवास्ता गर्दै आएको छ ।

बिहीबार बिहान करिब ८ः४५ बजे उत्तराखण्डको पिथौरागढ जिल्लाको जोलिङकङ पुगेर मोदीले पार्वतीकुण्डको दर्शन र पूजा गरेका थिए । दर्शन गरेका तस्बिर मोदी आफैँले सामाजिक सञ्जाल एक्समा सेयर गरेका छन् ।

oqefaf-1697094738.jpg

पार्वतीकुण्डको दर्शन र पूजा गर्दा मन आनन्दित भएको मोदीले जनाएका छन् । उक्त स्थानबाट कैलाशको दर्शन गर्दा पनि मन हर्षित भएको उनले उल्लेख गरेका छन् ।

मोदीले गुन्जी गाउँमा स्थानीयवासीसँग अन्तरक्रिया गर्नुका साथै त्यहाँको कला र उत्पादन झल्कने प्रदर्शनीको अवलोकन गरे । उनले त्यहाँ सेना, इन्डो–तिब्बत सीमा प्रहरी र सीमा सडक संगठनका कर्मचारीसँग पनि कुराकानी गरेका थिए ।

नेपाली भूमिमा भारतीय प्रधानमन्त्रीले भ्रमण गरेका विषयमा नेपाल सरकार भने बेखबर छ ।

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  १२:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro