site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
जोर्डनले प्यालेस्टाइनलाई सहयोग गर्ने, परिस्थिति थप बिग्रन नदिन आग्रह

काठमाडौं । जोर्डनका राजा अब्दुल्लाह द्वितीय र प्यालेस्टाइनी राष्ट्रपति महमुद अब्बासले गाजापट्टी र वेस्ट बैंकको अवस्थालाई शान्त बनाउन जोड दिएका छन् । उनीहरूले प्यालेस्टाइनी लडाकु समूह हमास नियन्त्रित गाजामा बिग्रँदै गएको मानवीय संकटप्रति चिन्ता व्यक्त गरेका हुन् ।

बिहीबार जोर्डनको राजधानी अम्मानमा भएको भेटमा दुवै पक्षले गाजा ‘स्ट्रिप’मा स्वास्थ्य र राहत एवं पानी आपूर्ति सुनिश्चित गर्न मानवीय ‘करिडोर’हरू तत्काल खोल्न आग्रह गरे ।

Dabur Nepal
NIC Asia

दुवै नेताले मानवीय संकट, बढ्दो हिंसा र सम्पूर्ण क्षेत्र सम्भावित परिणामबारे चिन्ता व्यक्त गरे । स्थितिलाई थप बिग्रन नदिन अरब राष्ट्रहरूबीच घनिष्ठ सम्बन्धको महत्त्वलाई उनीहरूले जोड दिए ।

जोर्डनका राजाले प्यालेस्टाइनलाई आफूहरूले सहयोग गर्ने र गाजापट्टीमा तत्काल मानवीय र चिकित्सा सहायता पुर्‍याउने वाचा गरे ।

बिहीबारै जोर्डनले गाजापट्टीमा अत्यावश्यक चिकित्सा सामग्री र मानवीय सहायतासहितको विमान पठाएको थियो । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  १०:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro