site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
अग्रता जोगाउन नसक्दा घरमै रोकियो ब्राजिल 

काठमाडौं । फिफा विश्वकप–२०२६ दक्षिण अमेरिकी छनोटमा अग्रता जोगाउन नसक्दा ब्राजिल घरेलु मैदाममै भेनेजुएलासँग १–१ को बराबरीमा रोकिएको छ ।

शुक्रबार एरेना पान्टानलमा भएको खेलमा ग्याब्रियल मागालहाइसले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । ५०औँ मिनेटमा नेइमारको पासलाई मागालहाइसले पोस्टको दिशा दिएका थिए ।

Dabur Nepal
NIC Asia

तर, अन्तिम पाँच मिनेट सम्हालिन नसक्दा ब्राजिल अंक बाँड्न बाध्य बन्यो । ८५औँ मिनेटमा एडर्ड बेलोले गोल गर्दै भेनेजुएलालाई खेलम फर्काएका थिए ।

बराबरीपछि ब्राजिल तीन खेलबाट सात अंकसहित तालिकाको दोस्रो स्थानमा छ । समान खेलबाट चार अंकको भेनेजुएला छैटौँ स्थानमा छ । 

दक्षिण अमेरिकी छनोटअन्तर्गत शुक्रबार नै भएका अरू खेलमा उरुग्वे र कोलम्बिया २–२ को बराबरीमा रोकिए । इक्वेडरले बोलिभियालाई २–१ ले हरायो । चिलीले पेरुमाथि २–० को जित निकाल्यो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  ०९:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro