राजनीति
काठमाडौं । कोसी प्रदेशको मुख्यमन्त्रीमा दाबी गरेका नेपाली कांग्रेसका प्रदेश सभा सदस्य केदार कार्कीले मध्यावधि रोक्न आफूले दाबी पेस गरेको बताएका छन् ।
मुख्यमन्त्रीमा दाबी पेस गर्दै उनले कोसी प्रदेशको अन्यौलता चिर्न आफ्नो उमेदवारी भएको बताए ।
“कोसी प्रदेशमा अन्यौलता छ । सांसदहरूको एकरूपता छ । संसद्भित्र सौहार्द सम्बन्ध प्रमाणित गर्दै कोसी प्रदेशको मध्यावधि निर्वाचन रोक्नका लागि ४७ सांसदहरूको हस्तक्षार पेस गरेको छु,” उनले भने ।
उनले संविधानको धारा १६८ को ५ मा त्रुटि भए मध्यावधिमा जान सक्ने बताए ।
प्रकाशित मिति: बिहीबार, असोज २५, २०८० १८:२७
प्रतिक्रिया दिनुहोस्