site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
इजरायलबाट नेपाली विद्यार्थी लिएर नेपाल एयरलाइन्सको जहाज राति साढे १ बजे काठमाडौं आइपुग्ने 

काठमाडौं । इजरायलबाट २५३ जना नेपाली विद्यार्थी लिएर नेपाल एयरलाइन्सको जहाज राति साढे १ बजे काठमाडौं आइपुग्ने भएको छ । 

निर्धारित समयभन्दा ढिला जहाज उड्ने भएकोले काठमाडौंमा अवतरण गर्ने समय पछि धकेलिएको जनाइएको छ । 

यसअघि उक्त जहाज आज (बिहीबार) राति सवा ९ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने जनाइएको थियो ।

प्यालेस्टिन चरमपन्थी समूह हमास र इजरायबीच युद्ध चर्किएपछि त्यहाँ रहेका नेपालीलाई उद्धार गरी ल्याउन सरकारले जहाज पठाएको हो । 

सरकारले बिहीबार बिहान नेपालीको उद्धारको लागि जहाज इजरायल पठाएको थियो । 

नेपालीको उद्धार गरी ल्याउन परराष्ट्रमन्त्री एनपी साउद र परराष्ट्र मन्त्रालयका सहसचिव शरदराज आरन जहाजमा गएका थिए । 

शनिबार हमासले इजरायलमाथि आक्रमण गरेपछि त्यहाँ रहेका नेपालीले उद्धार गर्न सरकारसँग अनुरोध गरेका थिए । सोहीअनुसार सरकारले उनीहरूलाई उद्धार गरी नेपाल फर्काउन सरकारले जहाज पठाएको हो ।

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  १७:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro